post-slider post-slider

जसपा कोसी प्रदेस सरकारमा सहभागी हुँदै

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) कोसी प्रदेस सरकारमा सहभागी हुने भएको छ।

जसपाकी एक्ली प्रदेस सांसद निर्मला लिम्बुले स्वास्थ्यमन्त्रीमा सपथ लिन लागेकी हुन्।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १ / १ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी लिम्बुले शुक्रबार स्वास्थ्यमन्त्रीमा सपथ लिन लागेको बताएका छन्।

दिउँसो २ : ३० बजे प्रदेस प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ।

यसअघि कोसीमा एमाले–माओवादी–राप्रपा गठबन्धनको सरकार छँदा पनि लिम्बु स्वास्थ्यमन्त्री भएकी थिइन्। जसपाकी लिम्बुले मन्त्रीबाट राजीनामा गरेर समर्थन फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्कीको तत्कालीन सरकार अल्पमतमा परेको थियो।

पहिचानको आधारमा प्रदेसको नामकरण गर्ने सर्तमा सरकारलाई समर्थन गर्ने अडान राखेको जसपा पछिल्लो समय नेपाली कांग्रेसका नेता थापा नेतृत्वको सरकारलाई समर्थन गरेको थियो।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री थापाले आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाए।

उनीहरूको माग सम्बोधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी हुने भएको हो।

तत्कालीन मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री रहेकी लिम्बुले पहिचान पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गर्न लगाएको विरोधमा पार्टीको निर्णयअनुसार पदबाट राजीनामा दिएकी थिइन्।

त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले असंवैधानिक रूपमा बहुमत पु¥याएर पहिलोपटक थापा मुख्यमन्त्री नियुक्त हुँदा पनि पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेस सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने उनले अडान लिएकी थिइन्।

सर्वोच्च अदालतको आदेशले दोस्रोपटक साउन १७ गते थापा पुनः मुख्यमन्त्री नियुक्त भए पनि जसपाले पुरानै अडान राखेको थियो।

तत्कालीन सभामुख गौतमको राजीनामापछि बहुमत पु¥याएर दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

प्रदेससभामा विश्वासको मत पु¥याउन थापालाई राप्रपाको समर्थन अपरिहार्य हुन्छ। तर, राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेकाले थापा नेतृत्वको सरकार ३० दिनका लागि मात्रै हुने देखिन्छ।

त्यसपछि प्रदेससभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता कार्की नै मुख्यमन्त्रीमा नियुक्त हुने अवस्था आउने देखिएको हो।

 

Tags: