post-slider post-slider

पुल्चोकस्थित मन्त्री निवास क्षेत्रमा निषेधज्ञा

Image
A A

काठमाडौं- काठमाडौंपछि ललितपुरमा पनि निषेधाज्ञा आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालयले स्थान तोकेर निषेधाज्ञा जारी गरेको हो।

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयले ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

Tags: