जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालले अधिकृत भट्टराईले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको जानकारी दिए।
भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ ।
प्रवक्ता दाहालले घुस माग गरेको सूचना पाएपछि आयोगको टोलीले भट्टराईलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट पक्राउ गरेको बताए।