post-slider post-slider

दुई न्यायाधीश बर्खास्त !

Image
A A

काठमाडौँ - न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

परिषदको आज आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो। 

विभिन्न मुद्दाको फैसलाका क्रममा गरेको त्रुटि र बदनियत राखेकोसम्बन्धमा यी दुईविरुद्ध उजुरी परेपछि न्याय परिषद्ले छानबिन थालेको थियो। 

न्यायाधीश निरौलाले पर्याप्त आधार र प्रमाण भेटिँदा समेत अपहरण मुद्दाका आरोपितलाई सफाइ दिएको भेटिएको थियो। 
न्यायाधीश निरौलाको इजलासले आठ महिनादेखि थुनामा रहेका सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै २०७८ असोजमा सफाइ दिएको थियो। आफ्नो राय विवादमा परेपछि उनले फैसलाको पूर्णपाठ पनि लेखेका थिएनन्।

जिल्ला अदालतमा बुझाएको फैसलाको पूर्णपाठ न्याय परिषदले झिकाएर अध्ययन गरिरहेको थियो। निरौलाविरुद्ध अन्य कतिपय मुद्दामा समेत प्रभावित भएर न्याय सम्पादन गरेको उजुरी परिषदमा थियो। 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोपमा उजुरी परेपछि छानबिन थालेको थियो।

नेपाल ल क्याम्पसका पूर्वसभापति समेत रहेका थपलियालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा उच्च अदालतको न्यायाधीश बनाइएको थियो। 

Tags: