post-slider post-slider

कोसी प्रदेसमा एमाले प्रमुख प्रतिपक्षमा बस्ने, समर्थन फिर्ता नलिने

Image
A A

काठमाडौं- नेकपा एमालेले कोसी प्रदेस सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।

सोमबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो। 

एमाले कोसीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको जानकारी दिए।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए।

माओवादी र एकीकृत समाजवादी समावेश भएसँगै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने आकलन गरिएको थियो।

सरकारबाट फिर्ता भए पनि हालका लागि सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय एमालेले गरेको छ।

‘सरकारबाट फिर्ता भएका छौं, विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय ग¥यौं,’ प्रमुख सचेतक भण्डारीले भने।

यद्यपि सरकारको काम कारबाही र परिस्थिति हेरेर सरकारलाई दिएको समर्थनबारे निर्णय हुनसक्ने उनले बताए।

प्रमुख सचेतक भण्डारीले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्।

 

Tags: