post-slider post-slider

सांसद बजगाईंलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

Image
A A

काठमाडौं - नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ।

सांसद बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेले कमिसन खाएको भन्दै सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।

उनलाई स्पष्टीकरण दिन बुधबारसम्मको समय दिइएको बुझिएको छ। उनलाई अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मौखिक स्पष्टीकरण समेत लिएका थिए।

मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए।

Tags: