post-slider post-slider

टि–२० विश्वकप छनोट : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया छनोटमा बिहीबार समूह ‘ए’ अन्तर्गत नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरअघि नेपाल र ओमानबीचको खेल सुरू भएको हो।

नेपालले टस जितेर ओमानलाई ब्याटिङका लागि निम्तो दिएको छ।

समूह चरणको अन्तिम खेलअगावै नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

नेपालले समूह चरणअन्तर्गत भएका मलेसिया र सिंगापुरविरूद्धको सबै खेलमा जित हासिल गरेको छ।

बिहीबार समूहको शीर्ष स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो।

समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता र समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छन्।

समूह ‘ए’ का सबै खेल त्रिवि मैदान र समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

२० कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्। र, सेमिफाइनमा पुग्ने दुई टोली सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि–२० विश्वकपका लागि एसिया क्षेत्रबाट क्वालिफाइ गर्नेछन्।

सेमिफाइनलसम्म पुग्न जितका साथै नेपाली टिमको नजर नेट रनरेटर्फ समेत हुनेछ। 

समूह चरणको अन्त्यमा अंक बराबरी हुँदा नेट रनरेट निर्णायक हुने भएकाले नेपाली टिम यसलाई मजबुत गर्ने सोचमा हुनेछ।

 

 

Tags: