post-slider post-slider

मन्त्री ज्वालाको गाडीमा आगजनी : गोली लागेर घाइते भएका युवकको मृत्यु

Image
A A

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी रोक्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजनी हुँदा प्रहरीको गोली लागेर घाइते भएका जुम्ला घर भएका २३ वर्षीय सुजन राउतको निधन भएको हो।

गोली लागेर घाइते भएका उनलाई उपचारका लागि किष्ट मेडिकल कलेज भर्ना गरिएको थियो। 

राउतको उपचारका क्रममा निधन भएको किष्ट अस्पतालका प्रमुख अमिष पाठकले जानकारी दिएका छन्।

गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२ : ४० बजे अस्पताल पु¥याइएकोमा १ : १७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले ग्वार्को बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए।

त्यही क्रममा मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको  गाडीको हावा खोलेर प्रदर्शनकारीले आगजनी गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर राउत घाइते भएका थिए।

 

Tags: