post-slider post-slider

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति

Image
A A

काठमाडौं- सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको बिधेयक’ संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयको प्रस्तावमा विधेयक संघीय संसदमा पेस गर्न अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको २०८०’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका–६ रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय सरकारले गरेको छ।

 

Tags: