post-slider post-slider

धनुषा कांग्रेसले टुंग्यायो महासमिति सदस्य

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेस  धनुषाले जिल्लाबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यको टुंगो लगाएको छ।

धनुषा क्षेत्र नम्बर ३ बाट छनोट हुन बाँकी रहेका महासमिति सदस्यहरूको टुंगो लागेको हो।

जिल्लाका चारमध्ये तीन निर्वाचन क्षेत्रबाट १४ औं महाधिवेशनकै बेला महासमति सदस्यहरूको चयन भइसके पनि क्षेत्र नम्बर ३ मा टुंगो लाग्नसकेको थिएन।

धनुषा क्षेत्र नम्बर ३ मा शनिबार मतदान प्रक्रियाबाट मधेसी समूहबाट दुई जना निर्वाचित भएसँगै महासमितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूको टुंगो लागेको हो।

खुला र दलित समूहमा निर्विरोध भए पनि मधेसीतर्फ सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट सदस्यहरू चयन भएका छन्।

दुई जना मधेसी पुरुषतर्फ जनकपुधाम उपमहानगरपालिकाका उपमेयरसमेत रहेका किशोरी साह र प्रदेस समिति सदस्य जीवनाथ चौधरी निर्वाचित भएका छन्।

यही समूहमा प्रतिस्पर्धा गरेका पूर्वप्रदेस सांसद शिवचन्द्र चौधरी र रामबाबु यादव पराजित भएका छन्।

यसअघि खुलातर्फ महिला समूहबाट अनामिका उपासक निधि र केन्द्रीय सदस्यसमेत रहेकी मिनाक्षी झा निर्विरोध निर्वाचित भएकी छन्।

त्यस्तै खुला पुरुषतर्फ स्मृतिनारायण झा, रामसरोज यादव, गणेश तिवारी, प्रफुल घिमिरे र संजय गुप्ता पनि निर्विरोध निर्वाचित भएका छन्।

मधेसी महिलातर्फ निलम कर्ण र दलितबाट प्रमिलाकुमारी दास पनि निर्विरोध निर्वाचित भएका छन्।

धनुषा क्षेत्र नम्बर ३ बाट ११ जना महासमिति सदस्यले प्रतिनिधित्व गर्नेछन्।

 

 

Tags: