post-slider post-slider

अन्डर १९ विश्वकप : नेपाल र न्युजिल्यान्ड भिड्दै

Image
A A

काठमाडौं- दक्षिण अफ्रिकामा जारी अन्डर–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेल आज न्युजिल्यान्डविरूद्ध खेल्न लागेको हो।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ।

विश्वकप खेल्न समूह ‘डि’ मा परेको नेपालले समूह चरणको पहिलो खेल न्युजिल्यान्डविरूद्ध खेल्न लागेको हो।

नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अतिम खेल माघ १२ गते

अफगानिस्तानविरूद्ध खेल्नेछ।

Tags: