post-slider post-slider

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

Image
A A

काठमाडौं- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ।

घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ।

गोली राजधानीभन्दा करिब  २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउँमा भएको सीएनएनले उल्लेख गरेको छ। ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा गोली चलाइएको बताइएको छ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन्। उनको पछिल्लो अवस्था बारे जानकारी आउन भने बाँकी रहेको छ। 

Tags: