post-slider post-slider

सुन तस्करी प्रकरण : एमालेले गृहमन्त्रीको जवाफ माग्ने, रास्वपाले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा संसदमा गृहमन्त्रीको जवाफ माग्ने भएको छ।

बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने निर्णय गरेको हो।

‘न्यायिक छानबिन समिति नबनाएसम्म हामी अगाडि बढ्न सक्दैनौं, हामीले सरकारको जवाफ खोज्छौं,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने।

यसअघि सरकारका विरोधमा एमालेसँगै उभिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन प्रकरणमा सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएको छ।

रास्वपाले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो।

रास्वपाका निशा डाँगी, सन्तोष परियारसहित १६ सांसद प्रस्तावक रहेको यो प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहित ४ जना सांसद समर्थक रहेका छन्।

सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणमा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ।

 

Tags: