post-slider post-slider

सरकारको कामबाट कांग्रेसकै नेताहरू असन्तुष्ट हुनुहुन्छ : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सता साझेदार दल नेपाली कांग्रेसकै नेताहरू सरकारबाट आजित भइसकेको बताएका छन्।

पार्टीको मेची महाकाली अभियानअन्तर्गत बिहीबार भोजपुरमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

ओलीले वर्तमान सरकारको कामकारबाहीबाट कांग्रेसका नेताहरू सन्तुष्ट नभएको दाबी गरे।

सुशासन र राष्ट्रको पक्षमा कुनै एउटा शक्ति नभएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ छ।

आफ्नो नेतृत्वको सरकारलाई देशी विदेशी शक्ति लगाएर बलजफ्ती हटाइएको बताउँदै ओलीले त्यसयता देशको अवस्था नाजुक बन्दै गएको जिकिर गरे।

'अढाइ वर्षअघि देशीविदेशी शक्ति लगाएर एमाले नेतृत्वको सरकार हटाउन लगाइयो, त्यसयता देशको अवस्था नाजुक बन्दै गएको छ,' उनले भने, ' अहिले कांग्रेसकै नेताहरूले भन्न थाल्नुभएको छ मिसन २०८४ लाई पर्खिनसकिँदैन भनेर। उहाँहरू यो सरकारबाट आजित भइसक्नुभएको छ।'

राजनीति र अर्थतन्त्र बिग्रिएको देखेर सबैमा निरासा छाएको उल्लेख गर्दै ओलीले देश दिनदिनै ओरालो लागिरहेको बताए।

Tags: