post-slider post-slider

हुम्लामा बाक्लो हिमपात

Image
A A

काठमाडौं- हिमाली जिल्ला हुम्लामा हिमपात सुरू भएको छ।

रातभर मौसम सफा भए पनि सोमबार बिहानैबाट मौसम बिग्रिँदा हिमपात सुरू भएको हो।

हिमपात जिल्लाका अधिकांश भूभागमा भइरहेको छ।

हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३.९ डिग्रीमा झरेको छ।

चिसोका कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ।

बाक्लो हुस्सुका कारण हवाइ सेवासमेत अवरूद्ध भएको छ।

गहुँ, जौ, उवा छर्ने समय भएकाले किसान भने खुसी भएका छन्।

 

Tags: