काठमाडौं- लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोलेको छ।
सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गरेको हो। प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन खोलिएको छ।