post-slider post-slider

संसदका महासचिव गौतमले दिए राजीनामा

Image
A A

काठमाडौं- संघीय संसदका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।

गौतमले आइतबार नै पदबाट राजीनामा दिएका हुन्।

उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेस गरेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

महासचिव गौतमले राजीनामा दिएको कारणबारे खुलेको छैन। त्यस्तै उनको राजीनामाबारे औपचारिक जानकारी सचिवालयलाई प्राप्त नभएको बताइएको छ।

गौतम २०७७ वैशाख २२ गते संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए।

प्रतिनिधिसभाका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संघीय संसदको महासचिवमा नियुक्त गरेकी थिइन्।

लामाचौर कास्कीका गौतम २०५१ सालमा न्याय सेवाको नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन्।

२०५१ मै उनी संसद सेवाको शाखा अधिकृतमा प्रवेश गरेका थिए।

गौतमले प्रशासनिक पुनर्संरचनामा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गरेका छन्। 

 

Tags: