post-slider post-slider

नेपाली ब्याडमिन्टन थेग्ने एउटा ´रामस्तम्भ´

Image
A A

काठमाडौं- 

कुलीन शासक वर्गले आफ्नो मनोरञ्जनका लागि नेपालमा भित्र्याएका थिए ब्याडमिन्टन। शासकको त्यो कोर्टबाट अब ब्याडमिन्टन आम नागरिकको खेल बनिसकेको छ।

तत्कालीन राजा महेन्द्र शाह युवराज हुँदा नेपालमा ब्याडमिन्टन संघ गठन भइसकेको थियो। युवराज महेन्द्र नै त्यो संघको संस्थापक अध्यक्ष थिए। रब्याडमिन्टन कोर्टका घेरा पनि उही ‘राज खानदान’भित्रै सिमित थियो। शासक र राजपरिवारसँग जोडिएका कुलीन कर्मचारी वर्ग पनि त्यो घेराभित्र थिए।

तर आज ब्याडमिन्टनको त्यो घेरा निकै फराकिलो भइसकेको छ। घर-घर अनि टोल टोलमा ब्याडमिन्टनका कोर्टहरू कोरिएका छन्। नेट टाँगिएका छन्। ब्याडमिन्टन अब प्रतिष्पर्धात्मक खेलमात्रै रहेन बरू यो आम नागरिकको नित्यकर्मजस्तै बनिसकेको छ। मनोरञ्जन अनि ‘फिटनेस’ यी दुबैका लागि ब्याडमिन्टन अब हरेक टोल र समाजका लागि चौतारी बनेको छ।

कस्तो खेल हो ब्याडमिन्टन?

‘खासमा यो पूर्ण ब्यावसायिक भइसकेको छैन’ ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ भन्छन् ‘बल्ल यो खेल सेमी प्रोफेसनलजस्तै भएको छ।’

कोर्टको दुई तिर एक एक जना खेलाडी भए पनि सजिलै खेल्न सकिने यो खेल त्यतिधेरै खर्चिलो पनि छैन। दुईजनामात्रै पनि खेल्न सकिन्छ। अरू धेरै जना मिलेर पनि खेल्न सकिन्छ। एउटा सामान्य र्‍याकेट र ककमात्रै भए पनि ब्याडमिन्टन खेल्न सकिन्छ अरू धेरै सामानहरू चाहिँदैन। ठूलो मैदान पनि चाहिन्न। सामान्य कोर्ट भए पुग्छ। त्यो पनि नभए साँघुरा गल्लीहरूमा मान्छे र सवारी छिचोल्दै ब्याडमिन्टनका ‘कक’हरू अहिले टोलटोलमा उडिरहेका हुन्छ।

कुनै बेला यो खेल ‘रईस’हरूको ‘रमाइलो’का लागि मात्रै थियो। त्यसैले लामो समय नेपालमा पनि ब्याडमिन्टनलाई धनीहरूको खेल भनेर चिनियो। हुन पनि कुनै बेला दरबारभन्दा बाहिर ब्याडमिन्टन थिएन। त्योमात्रै होइन धेरै जसो खेलहरू सिमित शासकको घरआँगन सम्ममात्रै हुन्थ्यो। त्यसका घेरा धेरैपछिमात्रै फराकिलो हुन थालेको हो।

कारण यो पनि हुनसक्छ३० को दशकसम्म काठमाडौंबाहिरबाट राष्ट्रिय समूहमा एउटामात्रै ब्याडमिन्टन खेलाडी पर्नसक्यो भने त्यो निकै आश्चर्यको विषय हुन्थ्यो। त्यो बेलासम्म दरबारमामात्रै सिमित ब्याडमिन्टनका कोर्ट र नेटहरू अब काठमाडौंका स्कुल र टोलटोलमा फिजिँइसकेका थिए। तर त्यो बेलाको ‘नेपाल’(काठमाडौं)बाहिर पुग्न सकिरहेको थिएन। त्यसैले ब्याडमिन्टनमा काठमाडौं उपत्यकाकै वर्चश्व थियो।

समय धेरै अघि बढिसकेको छ। अब काठमाडौंमात्रै रहेन। बरू स्थिति त यस्तो आइसकेको छअहिलेको राष्ट्रिय टोलीमा काठमाडौं उपत्यकाभित्रका एक दुई जना खेलाडी पर्दा अचम्म मान्नुपर्ने भएको छ।

‘कुनै बेला यो खेलमा काठमाडौंको मात्रै डोमिनेसन थियो’ अध्यक्ष श्रेष्ठ भन्छन् ‘तर अब काठमाडौंमा मात्रै सिमित रहेन। यो जताततै पुगिसकेको छ। हिमालपहाड अनि तराई जहाँ पनि। स्कुलकलेजसंघसंस्थाहरू अनि टोलटोलमा पनि।’

दिनचर्यासँगै मेडल पनि

आम नागरिकको नित्यकर्म मेनुभित्र अब अर्को एउटा ‘आइटम’ थपिएको छब्याडमिन्टन।

‘हरेक मान्छेको दैनिकीजस्तै बनिसकेको यो ब्याडमिन्टनबाट पनि हामीले आफ्नो राष्ट्र चिनाउने कोसिस गरेका छौं’ अध्यक्ष श्रेष्ठ भन्छन् ‘धेरै खेलाडी देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय भूमिबाट मेडल ल्याउन सफल पनि भएका छन्।’

उनले भनेजस्तै स्कुल अनि टोल टोल र गल्लीमामात्रै होइनब्याडमिन्टनले देश र खेलाडीलाई अन्तर्राष्ट्रियकरण पनि गरेको छ।

श्रेष्ठ आफैले पनि धेरै मेडल जितेका छन्। नौ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका श्रेष्ठ आफै पनि ‘नेशनल च्याम्पियन’ हुन्।

२०४४मा पहिलोपटक नेशनल च्याम्पियन भएका उनले त्यसपछि ३ पटकसम्म सिङ्गल अनि ६ पटकसम्म डबल्समा नेशनल च्याम्पियनको रेकर्ड राखिराखे।

१९९० तिर बङ्गलादेशमा भएको एउटा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि उनले सिङ्गल अनि डबल्स दुबैतिर जितेर मेडल ल्याए।

पहिलोचोटी राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्डर नाइन्टिन समूहबाट खेल्दा हारेका श्रेष्ठले त्यसपछि आफूलाई कहिल्यै हार्न नदिने प्रण गरेका थिए। जसले उनलाई इन्टरनेशनल च्याम्पियनसम्म बनायो।

सन् १९८०को दशकसम्म नेपाल ब्याडमिन्टनका लागि ‘स्वर्णकाल’नै मानिन्थ्यो। यही बेला धेरै खेलाडीहरू जन्मिए। ब्याडमिन्टन टोलटोलसम्म पुगिसकेको थियो। सुरुवाती त्यो युगमा ब्याडमिन्टन निकै चम्कियो। तर विस्तारै फेरि राजनीतिक उचारचढावले ब्याडमिन्टनमात्रै होइनसारा खेलकुदका विधाहरू उसैगरी ओइलाउन थाले। ३० वर्षे पञ्चायत अनि त्यसपछिको दश वर्ष माओवादी युद्धमा अरूखेल जस्तै ब्याडमिन्टनका कोर्टहरू पनि उघ्रिन सकेनन्।

आम नागरिकको स्वतन्त्रता लुटिएका यी बखतहरूमा ब्याडमिन्टन जोगाउने काम भने नेपाल प्रहरीले गर्‍यो। पुलिसका हरेक ब्यारेक र कार्यालयमा सानै भए पनि ब्याडमिन्टन कोर्ट अहिले पनि देखिन्छन्। प्रहरीका ठूलादेखि जवानसम्म अरू केही नभए ब्याडमिन्टनसम्ममात्रै पनि खेल्छन्। र धेरै खेलाडी पुलिसकै प्रतिनिधित्व गर्छन्।

नेपालमा सबै खेल र खेलाडीको अवस्था उस्तै हो। दशकयता क्रिकेटमा नेपालले उचाइँ लिइरहेको छ। क्रिकेटका खेलाडीहरू पनि अरूभन्दा आर्थिकरुपमा बाँच्नसक्ने भएका छन्। तर अरू खेल र खेलाडीहरूको हालत उही हो। हरेक खेलका आआफ्नै संघ छन्। सबैभित्र आफआफ्नै प्रकारका ‘राजनीति’ छन्। जसले न खेललाई माथि उठ्न दिएको छ न खेलाडीको जीवनस्तर।

‘म पनि ३० वर्षसम्म निकै सक्रिय भएर खेलें। त्यसपछि घर ब्यवहारले च्याप्न थाल्यो अनि ब्याडमिन्टनमात्रै मेरो जीवन रहेन।’

जीवनका ३० वर्ष बितिसकेका थिए। त्यही बेला बिहे पनि भयो। तर पनि चाहेको भए उनी अझै ४- वर्ष त प्रतिस्पर्धाहरूमात्रै उत्रिनसक्थे त्यो पनि जित्नेगरी। भविष्यको चित्र अघि थियो। ब्याडमिन्टन छायाँमा पर्‍यो।

बिहेवारी गरेर श्रेष्ठ पनि पैसा कमाउन जापान लागे। रातदिन श्रीमान श्रीमतीले खुब काम गरे। केही पैसा जम्मा गरे। करिब ४० महिना जापानमा पैसा कमाएर उनीहरू फेरि नेपाल फर्के। उनकी श्रीमती रेखा मलहोत्रा पनि ब्याडमिन्टन खेलाडी नै हुन्।

केही वर्ष खेल पो छुटेको होनशा नशामा रगतसँगै बगिरहेको ब्याडमिन्टन प्रेमले रामजीलाई पनि कहिल्यै टुट्न दिएन। बरू नेपाल फर्किनासाथ उनी फेरि ब्याडमिन्टनका कोर्टहरूमा चाहर्न थाले। घर धान्न पसलहरू थापे। त्यो पनि अरूलाई जिम्मा लगाए।

खेल्ने उमेर ढल्किदैं थियो। त्यसपछि उनलाई लाग्यो अब नयाँ खेलाडी जन्माउनुपर्छ। ब्याडमिन्टनलाई हरेक नागरिकको दैनिकी बनाउनुपर्छ।

पुराना साथीभाइहरूले ब्याडमिन्टन संघ चलाइरहेका थिए। जापानबाट फर्किएर २०६० तिर उनी संघको केन्द्रीय समितिमा छिरे सदस्य बनेर। त्यसको केही समयपछि उनी महासचिव बने।

२०७३ साल वैशाख २५ गते रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्ष भए। कुनै बेला आफू कहिल्यै दोस्रो नभएको खेल बचाउनेमात्रै होइनघिस्रिरहेको ब्याडमिन्टनलाई अब गतिलो गतिमा दौडाउने जिम्मेवारी पनि सँगै थियो।

त्यसका लागि उनले देशभरिबाट खेलाडीहरू खोजेरै ल्याउने अभियान सुरु गरे। हरेक खेलका लागि पैसा चाहिन्छ। खेलाउनका लागि पैसा चाहिन्छ। खेलाडीका लागि पैसा चाहिन्छ। खेल व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती बनिदिन्छ। दाताहरूसँग हात थापिरहनुपर्छ। उद्योग अनि उद्यागी र व्यापारीहरूसँग पैसा मागिरहनुपर्छ। यी सबका लागि तयार भएरै श्रेष्ठ अब नेतृत्वमा आएका थिए।

सुरुमा खेल्न भनेरै दौडिए। घरपरिवारमा बिरलै भेटिन्थे। केही वर्ष ब्याडमिन्टनसँग साथ छुट्यो। नेपाल फर्किएपछि फेरि खेलाउन दौडिए। खेलाडी खोज्दै भौतारिन थाले।

श्रीमतीले कहिलेकाहिँ भन्थिन्‘तपाईंले त ब्याडमिन्टनसँगै बिहे गरेको हो कि!’

परिवार अनि छिमेकी भन्थे ‘किन यसरी बौलाहजसरी डुलिहिँडेको होला

‘तर यो ब्याडमिन्टनसँगको मेरो गहिरो प्रेम थियो। त्यो प्रेम सधै रहिरहनेछबाचुञ्जेली’ रामजीलाई लाग्छ ‘सायद ब्याडमिन्टनबिना मेरो एकपल पनि जिवित हुँदैन हो। यो भएन भने म शून्य नै हुनेछु।’

संघको नेतृत्व त सम्हाले। सँगै चुनौतीका पहाडमा उनी झन्डै पुरिएनन्। तर पनि हिम्मत हारेनन्। बरू सम्भावनाका खोजी गर्न पनि उसैगरि आकाश पाताल चहारे।

मुर्झाउँदै घिस्रिरहेको ब्याडमिन्टनलाई उनले अब गति दिनु थियो। अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघ अनि एशिया ब्याडमिन्टन संघजस्ता दाताहरूसँग हारगुहार गरे। विश्वका अरू धनी ब्याडमिन्टन संघसँग पनि पैसा मागे। नेपालको ब्याडमिन्टन विकासका लागि यी संघसंस्थाहरूले धेरथोर सहयोग गरे।

तर पनि पैसा कहिले पो पुग्थ्यो र!

अध्यक्ष भएलगत्तै उनले 'नेपाल इन्टरनेसनल सिरिज' गर्नुथियो। आठ वर्षदेखि नेपालले यो सिरिज गर्न सकिरहेको थिएन। तर उनले हिम्मत जुटाए। खर्चको आंकलन लगभग ४० लाखभन्दा धेरै गरिएको थियो। खेलकुद परिषदले जम्मा दश लाख दिने निर्णय सुनायो। संघका सबै पदाधिकारीहरूले यो सिरिज गर्न सकिदैन भनेर हात उठाए। तर पनि रामजीको मनले मानेन।

बरू उनले साथीहरूलाई भनेसिरिज त जसरी नि गर्नैपर्छ। यो हुन्छ पनि।

अरूले सोधेकसरी हुन्छ तपैसा कहाँबाट आउँछ। उधारो नै गर्‍यौं भने तिर्ने आधार के छन्। सकिदैन नगरौं।

रामजीबहादुरले आफ्नो बैंक ब्यालेन्स देखाउँदै भनेम यही पैसा खर्च गर्छु। कतैबाट जुट फिर्ता लैजाऔंला नत्र पर्दैन

केहीबेर सन्टाना छायो। रामजीको त्यो ‘समर्पण’का अघि सबै नतमस्तक भए।

खातामा भएको त्यो पैसा उनले केही दिनअघि मात्रै आफ्नो घर बन्धकी राखेर अमेरिकामा पढ्ने छोरीको कलेज शुल्क तिर्नका लागि बैंकबाट निकालेको ऋण थियो। जापानमा कमाएको पैसाले उनी आफैले डिल्लीबजारमा एउटा घर किनेका थिए।

काठमाडौंमा जन्मिए पनि उनी मध्यम वर्गीय परिवारका हुन्। धन्न बाउबाजेले काठमाडौंमा घर जमिन जोडिदिएका थिए। कामाइखाने तिनै घरहरू थिए।

‘उमेरमा जति खेल्नुपर्ने थियो म खेलिसकेको थिएँ। आफ्नै रहरले खेल्न थालेको थिए तर पछि त्यो देशकै लागि भयो। राष्ट्रकै नाममा मेडलहरू पनि जितें’ उनी भन्छन् ‘एउटा निश्चित उमेरसम्म हो सबै खेलाडी सक्रिय भएर खेल्ने। त्यसपछि पनि खेलको त्यो प्रेमले बाहिर जान दिँदैन। र कुनै न कुनै रूपमा त्यही खेलको विकासका लागि लागिरहन्छ।’

रामजीबहादुरलाई पनि ब्याडमिन्टनको त्यही असीम प्रेमले दौडाइरह्यो।

यही समयमा उनले अष्ट्रेलियन ब्याडमिन्टन संघको सहयोगमा विद्यालयहरूमा खेलाडी जन्माउन हिँडे। देशभरका करिब ५० हजार स्कुले विद्यार्थीहरूलाई उनले ब्याडमिन्टनसँग साइनो गाँस्न भनेर र्‍याकेट र ककहरू बाँडे। हज्जारौं शिक्षकहरूलाई ब्याडमिन्टन खेलाउने तालिम दिए। आज नेपाली ब्याडमिन्टन टिममा खेल्ने धेरैजसो खेलाडीहरू तिनै ५० हजारमध्येका कोही न कोही छन्।

यो कार्यावधिभरि नेपाली खेलाडीले लगभग ११९ वटा अन्तर्राष्ट्रिय मेडल ल्याएका छन्। विश्वका धेरै देशमा ब्याडमिन्टन खेलेर नेपाल चिनाएका उदयीमान खेलाडी प्रिन्स दाहाल २०२२ तिर विश्वकै एक नम्बर जुनियर ब्याडमिन्टन खेलाडीमा रहे। करिब ६ महिनासम्म उनले यो रेकर्ड कायमै राखे। विश्वको यो वरियतामा पुग्ने नेपाली खेलाडीमध्ये प्रिन्स सायदै हुन्।

अब उनको कार्यकाल लगभग सकिनै लागेको छ। नियमतदुई वर्षअघि नै उनले अधिवेशन गरेर नेतृत्वको नविकरण वा हस्तान्तरण गरिसक्नुपर्थ्यो तर पटक पटकका राजनीतिक उचार चढावकोरोना महामारी र नयाँ नीति नियमहरूका कारण अधिवेशन धकेलिइरहेको छ।

‘तर अबका केही महिनाभित्रै अधिवेशन हुन्छ। त्यहाँ अहिलेसम्म मैले गरेका कामको समीक्षा हुने नै छ’ रामजी भन्छन् ‘नेतृत्वमा आइसकेपछि आलोचनाहरू त हुन्छन्। तर यसरी समर्पित भएर लाग्दा पनि साथीहरूले व्यक्तिगत रूपमै उत्रिएर लाग्नुभएको छ। यसले कहिलेकाहिँ चित्त दुख्छ।’

पनि आत्तिएका छैनन् रामजी। नेतृत्वले आलोचना त सहनैपर्छ। हरेक कुराको जिम्मेवारी लिनैपर्छ। हरेक सफलताका लागि कुनै न कुनै ‘पालगलपन’ चाहिन्छ। भलै त्यसको नियत गलत हुनुहुँदैन। यो कुरा राम्ररी बुझेका छन् रामजीले।

र त भन्छन् ‘गलत नै गरेको रहेछु। वा अपराधै गरेको रैछु भने सजाय त भोग्नैपर्ला। तर जे गरें मैले ब्याडमिन्टन विकासकै लागि गरें। खेलकै लागि गरें। खेलाडीकै लागि गरें।’

 
 
Tags: