post-slider post-slider

राष्ट्र बैंकले बढायो मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा

Image
A A

काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरूपमा बढाएको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर गरेको हो।

‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकोमा कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ,’  राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरेर भनेको छ।

वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको संख्या र कारोबारको कूल रकम राष्ट्र बैंकअन्तर्गत भुक्तानी प्रणाली विभागलाई बुझाउनुपर्नेछ।

 

Tags: