post-slider post-slider

मधेस प्रदेस उद्योग मन्त्रालयका अधिकृतविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- मालपोत कार्यालय ललितपुरका एक अधिकृतविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

मालपोत कार्यालय ललितपुरका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

भट्टराई हाल मधेस प्रदेस उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत छन्।

२०५४ साउन २६ गतेदेखि २०७९ जेठ ३० गतेसम्मको वैध आय पाँच करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ र सोही अवधिमा निजको खर्च तथा लगानी १० करोड २३ लाख ९२ हजार २८८ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ।

निजको आयबाट व्यय घटाउँदा हुन आउने रकम ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ र सो अवधिमा स्रोत नखुलेको विभिन्न गरी ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना जफतको मागदाबी लिएको अख्तियारले बताएको छ।

आयोगका अनुसार स्रोत नखुलेको सम्पत्ति निजकी कान्छी श्रीमती झुनाकुमारी कठेतसमेतको नाममा घरजग्गा, सेयर खरिद तथा बैंंक खातामा रकम मौज्दात गरिएकोमा कठेतलाई समेत प्रतिवादी बनाइ विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

 

Tags: