post-slider post-slider

एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

Image
A A

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ। बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे  अम्बासमा बस्न लागेको हो।

भदौ ९ गतेबाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु बैठकमा सहभागी हुने छन्।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरहालाई बैठकस्थल चयन गरेको जनाएको छ।

सोही ठाउँमा २०४६ सालमा तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भएकाे थियाे। उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो।

 

Tags: