post-slider post-slider

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, महामन्त्रीको प्रस्तावले तरंग

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। यही भदौ ११ गते बस्ने भनिएको बैठक अपराह्न २ बजेदेखि बस्ने भएको हो।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्तावले तरंग ल्याएपछि बैठक बोलाइएको छ।

यसअघि शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरूबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयले तरंग ल्याएको छ। 

सभापति देउवाले अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ। 

Tags: