post-slider post-slider

कक्षा १२ को नतिजा प्रकाशित, साढे १ लाख बढी ‘ननग्रेडेड’

Image
A A

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो।

कक्षा १२ को परीक्षा गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा सञ्चालन भएको थियो।

परीक्षामा साढे ४ लाख विद्यार्थी सहभागी भएका थिए। जसमध्ये १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन्।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था बोर्डले गरेको छ।

गत वर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए। तीमध्ये २ विषयसम्म एनजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्माले गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताए।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरे जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो।

 

Tags: