post-slider post-slider

पाशुपत क्षेत्रमा मासु-मदिरा बिक्री वितरण र सेवनमा रोक

Image
A A

काठमाडौं- पाशुपत क्षेत्रमा मासु, मदिरा लगायत नशालु पदार्थको बिक्री–वितरण र सेवनमा प्रतिबन्धत लगाइएको छ। हिन्दू नेपाली महिलाको महान पर्व तिजलाई लक्षित गर्दै ४ किल्ला नै तोकेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले मासु, मदिरा लगायत नशालु पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाएको हो। 

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले मांस (मासु), मदिरा र नशालु पर्दाथहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। 

जिल्ला प्रशासन कार्यालयले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै बागमतीदेखि दक्षिण क्षेत्रलाई ४ किल्ला तोकेको छ। 

निषेधित क्षेत्रमा मासु, मदिरा लगायत नशालु पदार्थको बिक्री–वितरण गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

DAO_Notice_about_Pashupati1694918033.jpg

Tags: