post-slider post-slider

उडुससँग जुध्न दक्षिण कोरियाको संघर्ष

Image
A A

काठमाडौं- दक्षिण कोरियाका अधिकारीहरूले देशभर चिन्ता निम्त्याएको परजीवी किरा उडुसको संक्रमणसँग जुध्न संघर्ष गरिरहेको बताएका छन्।

राजधानी सिओल, इन्चोन र बुसान सहरमा नोभेम्बर ५ सम्ममा उडुस संक्रमणका कम्तीमा १७ वटा प्रकोपजस्ता घटनाहरूको विवरण आएका छन्।

दक्षिण कोरियाको सरकारले उडुससँग जुध्नका लागि करिब ५ करोड १० लाख रूपैयाँ बराबरको रकम नै छुट्याएको छ।

दक्षिण कोेरियाअघि फ्रान्स र ब्रिटेनमा पनि उडुसको प्रकोप देखिएको थियो र त्यसले कतिपय समुदायलाई आतंकित बनाएको थियो।

गएको सेप्टेम्बरमा नै दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको एउटा विश्वविद्यालयमा उडुसको संक्रमण देखिएको थियो।

मान्छे र जनावरको रगत चुसेर यो परजीवीको संक्रमणपछि पर्यटकहरू बस्ने आवास र एउटा सार्वजनिक ‘सोना’ घरमा देखिएको थियो।

उडुसको डरले कैयौं दक्षिण कोरियालीहरूले सिनेमा हलमा जान र सार्वजनिक बसहरू चढ्न छाडेका थिए।

दक्षिण कोरियाको इडेली न्युजले सिओलकी बासिन्दा ३४ वर्षकी चोइले केही समयका लागि कपडाको खोलभएको सिट हुने रेल चढ्न छाडेको बताइन्।

इडेली न्युजले अर्का स्थानीयवासी सिओललाई उद्धृत गर्दै उनी आफ्नी प्रेमिकासँग केही समय घरमै बस्ने उल्लेख गरेको छ।

हालैको प्रकोपभन्दा अघि दक्षिण कोरियाले सन् १९६० को दशकमा नै उडुसहरूलाई उन्मुलन गरेको ठानिएको थियो।

उडुसले रोग नसार्ने भए पनि यसले टोकेपछि बेस्सरी चिलाउँछ। त्यसलाई कम गर्ने प्रयास गर्दा घाउ हुनसक्छ जसले संक्रमण वा चोट पनि निम्त्याउँछ।

पखेटाविनाको यो परजीवी ओछ्यानमा बस्ने गर्छ र त्यसले ठूलो मानसिक पीडासमेत दिनसक्छ। उडुसका कारण मानिसहरूले असहज र अप्ठेरो महसुस गर्नुका साथै सुत्न पनि डराउँछन्।

सिओलका मानिसहरू सार्वजनिक स्वास्थ्य केन्द्रमा गइरहेका छन् र उनीहरूले कुनै परजीवीले आफूलाई टोकेको या नटोकेको जाँच गराइरहेका छन्।(बिबिसीबाट)

 

Tags: