post-slider post-slider

विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च पुग्यो अख्तियार

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारका प्रवक्ता भोला दाहालले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा मीनबहादुर विष्टमाथि भुटा बिल भरपाइ पेस गरी भ्रष्टाचार गरेको छ।

अख्तियारले विष्टविरूद्ध २ लाख ३४ हजार रूपैयाँ बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानुनी लाभ तथा हानि पु¥याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालले बताएका छन्।

 

Tags: