post-slider post-slider

उपत्यकाको विकासका लागि संघीय सरकार प्रतिबद्ध छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकाको भौतिक एवं मानवीय विकासका लागि संघीय सरकार सबैखाले सहयोगका लागि तयार रहेको बताएका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले उपत्यकाको भौतिक एवं मानवीय विकासका अन्य पक्षमा पनि संघीय सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने बताए।

फोहोरको समस्या उपत्यकाका सबै स्थानीय तहको समस्या रहेको बताउँदै उनले यसको समाधानका लागि संघीय सरकार प्रयासरत रहेको जिकिर गरे।

‘काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या यहाँका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको संघीय सरकारलाई अवगत छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक पहल गर्दै आइरहेको छु। समस्या समाधानका लागि पहलसमेत गएिको छ,’ उनले भने।

फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्नेमा संघीय सरकार स्पष्ट रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

उनले नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न संघीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

 

Tags: