post-slider post-slider

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरू

Image
A A

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन्।

उनले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन्। बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन्।

त्यस्तै, राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका छन्। 

संसदमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच तनाव बढेपछि देउवाले विपक्षी दलहरुको एक मत बनाउन यो बैठक बोलाएको बताइएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर सदन अवरोध गरेको छ। तर, सरकारले भने छानबिन समिति नबनाउने अडान लिँदै आएको छ। 

Tags: