post-slider post-slider

बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले तान्दै

Image
A A

काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले रकम तान्ने भएको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले रकम तान्ने भएको छ।

राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो।

राष्ट्र बैंकले सूचना जारी गर्दै असार १४ गतेसम्मका लागि बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको जनाएको छ।

२०७९ माघ १२ गते ५ अर्ब रूपैयाँ तानेपछि पहिलोपटक बैकिङ प्रणालीबाट राष्ट्र बैंकले पैसा खिच्न थालेको हो।

बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी रकम थुप्रिएको छ।

बैंकिङ प्रणालीमा रूपैयाँ थुप्रिएपछि अन्तरबैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ।

२८ दिने ट्रेजरी बिलको दर एक साताअघि ६.६ प्रतिशत रहेकोमा हाल ४.२ प्रतिशतको सीमामा झरेको छ।

बैंकहरूमा निक्षेप संकलन बढ्दै गए पनि कर्जा प्रवाह बढ्न नसक्दा नगद थुप्रिएको हो।

Tags: