post-slider post-slider

आफ्नै बच्चाको हत्या गरेको आरोपमा महिला पक्राउ

Image
A A

पर्सा - आफनै पाँच महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा आमा पक्राउ परेकी छिन्।

वीरगन्ज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

२०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिचेर हत्या गरी आरती फरार भएकी थिइन्।

भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकी उनी वीरगन्जमा घुमफिर गरिरहेकी थिइन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो।

जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भएको थियो।

 

Tags: