post-slider post-slider

इजरायल–हमास युद्धका बीच अमेरिकी विदेशमन्त्री दोस्रोपटक इजरायलमा

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघको कार्यदेशप्राप्त सात मानव अधिकार विशेषज्ञहरूले गाजामा प्यालेस्टिनीहरू ‘आम नरसंहारको खतरामा परिरहेको र त्यो रोक्ने समय चर्कँदै गइरहेको’ बताएका छन्।

विशेष ¥यापोर्टियरहरूको यो समूहले इजरायलले गाजा स्ट्रिप नै समाप्त पार्ने योजना बनाइरहेको आरोप लगाएका छन्।

उनीहरूले इजरायल र उसका समर्थक राष्ट्रहरूसमक्ष तत्काल युद्ध विराम गर्न आग्रह गरेका छन्।

र, हमास तथा अरू लडाकु समूहलाई कब्जामा लिइएका सर्वसाधारणलाई तत्काल रिहा गर्न भनिरहेका छन्।

इजरायली संयुक्त राष्ट्रसंघका विशेषज्ञहरूलाई ‘हमासको दुष्प्रचार दोहो¥याएको’ आरोप लगाउँदै त्यसलाई निन्दनीय भनेको छ।

इजरायलले हमासले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरेको र आतंकवादी अभियानमा सहयोग पु¥याएको आरोप पनि लगाएको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन युद्ध सुरू भएयता दोस्रोपटक इजरायल पुगेका छन्।

उनले इजरायली अधिकारीहरूसँग सर्वसाधारण मानिसहरू हाताहत हुने संख्या कम गर्दै कसरी गाजामा तिनीहरूले सैन्य र सुरक्षा लक्ष्यलाई अगाडि बढाउनुपर्छ भन्ने विषयमा कुराकानी गर्ने बताए।

उनले गाजामा मानवीय सहायता र अमेरिकी नागरिकलाई गाजाबाट बाहिर निकाल्न दबाब जारी राख्ने पनि बताए।

इजयरायल सरकारले पहिले नै भनेको थियो कि उसले गाजापट्टीसँग सबै सम्पर्क विच्छेद गरिदिनेछ।

 

Tags: