post-slider post-slider

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

Image
A A

काठमाडौं- श्रीलंकामा जारी एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ सामु १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो।

९ औं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले अर्धशतक बनाएपछि नेपाली टोलीले पाकिस्तानसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको हो।

ब्याटिङमा सोमपालबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

सोमपालले ७५ रन बनाए। १०१ बल सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे। 

७२ रनमै ८ विकेट गुमाइसकेको नेपाली इनिङलाई सोमपालले प्रतिश जिसीसँग अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए।

सोमपालले प्रतिशसँग ९ वौं विकेटका लागि ५८ रनको साझेदारी गरे।

प्रतिशतले २६ रनको योगदान दिए। यस्तै सोमपालले १३० रनमा ९ विकेट छँदा ललित राजवंशीसँग ४९ रनको साझेदारी गरे।

पाकिस्तानी बलरको आक्रमणसामु नेपाली टोली सुरूवातदेखि नै धारासायी भएको थियो।

नेपालका लागि अर्जुन साउद र कुशल मल्लले १७–१७ रन जोडे। त्यस्तै गुलशन झाले १३ र ओपनर आसिफ शेखले १२ रन बनाए।

कप्तान रोहित पौडेलले ४, कुशल भुर्तेल र पवन सर्राफ समान १ रनमा आउट भए। भीम शार्की शून्य रनमा आउट भए।

पाकिस्तानका साहनवाज दाहानीले ५ विकेट लिए। त्यस्तै मोहम्मद वसिमले ४ र मबासिर खानले १ विकेट लिए।

प्रतियोगितमा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो।

नेपालले आफ्नो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ। त्यस्तै समूह चरणको अन्तिम खेल नेपालले साउन ३ गते युएई ‘ए’ विरूद्ध खेल्ने छ।

 

Tags: