post-slider post-slider

दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

Image
A A

दमक - दमकमा शुक्रबार दिउँसो गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।

सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत् कक्षा १२ की छात्रा घाइते भएकी हुन्।

गोली हानेर ती युवक भागेको प्रहरी स्रोतले बताएको छ। गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

घाइते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Tags: