post-slider post-slider

देउवाले बोलाए संसदीय दलको समितिको बैठक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्।

देउवाले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा जारी गतिरोधलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

कांग्रेस संसदीय दलको समितिमा दलका नेता देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक लेखक र सचेतक सुशीला थिङ छन्।

यसअघि बिहीबार देउवा निवास धुम्बराहीमा अनौपचारिक छलफल राखिएको बताइएको छ।

त्रिभुवन विमानस्थलबाट सय किलो सुन तस्करी भएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद सञ्चालनमा अवरोध गरेको छ।

एमालेको अवरोधका कारण १० साउनयता संघीय संसदको बैठक सञ्चालन हुन सकेको छैन।

 

Tags: