post-slider post-slider

सांसद विकास कोषबारे प्रचण्ड – चौतर्फी दबाबले बाध्य भइयो

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसद विकास कोषका लागि बजेट छुट्याउनु बाध्यता भएको बताएका छन्।

सांसद विकास कोषका लागि रकम छुट्याउनु आफ्नो योजना नभएर बाध्यता रहेको उनले बताएका हुन्।

मंगलबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।

‘सांसद विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो। यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिन्छ,’ उनलाई उद्धृत गर्दै एक सांसदले भने।

सांसद विकास कोषका लागि बजेट विनियोजन गर्न सबैतिरबाट दबाब आएको प्रचण्डको भनाइ थियो।

यद्यपि दबाब कसले दिएको भनी उनले किटान गरेका थिएनन्।

सोमबार प्रस्तुत भएको बजेटमा सांसद विकास कोषका लागि बजेट विनियोजन गरिएपछि आलोचना भइरहँदा यसबारे प्रचण्डले आफ्नो प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको भन्दै बचाउ गर्न माओवादीका सांसदहरूलाई निर्देशन दिएका थिए।

 

Tags: