post-slider post-slider

बझाङ भूकम्प : घरहरू भत्किए

Image
A A

काठमाडौं- बझाङमा शक्तिशाली भूकम्पका कारण भौतिक क्षति भएका विवरणहरू आएका छन्।

भूकम्पका कारण केही घर र विद्यालयका भवनहरूमा क्षति पुगेको बताइएको छ।

मंगलदबार दिउँसो गएको भूकम्पका कारण सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरूमा समेत क्षति पुगेको छ।

ग्रामीण भेगमा भएका क्षतिबारे विवरण आइसकेको छैन।

स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ।

भूकम्पछि स–साना पराकम्पहरू समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ।

दिउँसो बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजे ६ मिनेट जाँदा बझाङमा भूकम्प गएको हो।

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रविन्द्र भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

त्यस्तै काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको छ। दिउँसो ३ बजे ८ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।

 

Tags: