post-slider post-slider

बिपी साहित्य महोत्सव २६ भदौका स्थगित कार्यक्रम आज गरिँदै

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुने भएको छ। 

बिपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेकोमा संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि २६ भदौको कार्यक्रम कांग्रेसले स्थगित गरेको थियो।

आजको कार्यक्रम बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ। अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा भएकोमा आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ।

साँझमा हुने गरी यसअघि तय गरिएको सांगीतिक साँझ कार्यक्रम भने तालिकाबाट हटाइएको छ।

आज ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ शीर्षकमा शिक्षाविद केदारभक्त माथेमाको ‘की नोट स्पीच’ हुनेछ।

यसैगरी ‘समावेशिता, सामाजिक रुपान्तरण र बिपी’ शीर्षकको छलफल कार्यक्रममा चित्र लेखा यादव, आहुति, मोहना अन्सारी सहभागी हुनेछन्। यसको सहजकर्ता हरि बहादुर थापाले गर्नेछन्।

वक्ताहरु शिव रिजाल, तारालाल श्रेष्ठ, धनकुमारी सुनार ‘समय र सबाल्र्टन’ शीर्षकको छलफल कार्यक्रममा सहभागी हुनेछन्।

‘बिपीका आख्यानमा नारी’ शीर्षकमा वक्ताहरु नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहने छन्।

यसैगरी कृष्ण सिटौला, दमननाथ ढुंगाना र निलाम्बर आचार्यले ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकको छलफलमा भाग लिने छन्। यसको सहजीकरण रमेश लेखकले गर्नेछन्।

Tags: