post-slider post-slider

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

Image
A A

काठमाडौं, माघ २८ - नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ।

दैलेखको पार्टी कार्यक्रममा सहभागी हुन जाने क्रममा महासचिव पोखरेल चढेको गाडी पल्टिएको हो। उपमहाचिव विष्णु रिमालले फेसबुकमार्फत् दुर्घटनाबारे जानकारी गराएका हुन्।

रिमालले 'एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना' भन्दै दुर्घटनाको तस्बिर फेसबुकबाट सार्वजनिक गरेका छन्।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजारनजिकै जंगलमा म१च ३६९ नम्बरको स्कारपियो पल्टिएको हो।

गाडीमा सवार महासचिव सकुसल छन्।

 

Tags: