post-slider post-slider

राम मन्दिर प्राणप्रतिष्ठा : मोदीलाई देउवाको बधाइ

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ दिएका छन्।

देउवाले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा राम मन्दिरको उदघाटन एवं प्राणप्रतिष्ठा भएकोमा मोदीलाई मंगलबार बधाइ दिएका हुन्।

देउवाले लेखेका छन्,‘अयोध्यामा राम मन्दिरको उदघाटनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ। पवित्र प्राणप्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीका लागि गौरवको क्षण हो। जय श्री राम।’

सोमबार अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भइरहँदा नेपालको कैयौं स्थानमा दीपोत्सव गरिएको थियो।

यो अवसरमा कतिपय पालिकाहरूले स्थानीय बिदाको घोषणासमेत गरेका थिए।

मंगलबारदेखि राम मन्दिरलाई आम सर्वसाधारणका लागि खुला गरिएको छ। बिहानैदेखि त्यहाँ भीडभाड देखिएको छ भने ठूलो संख्यामा श्रद्धालु दर्शनका लागि पुगेका छन्।

 

Tags: