राष्ट्रपतिबाट संसदको अधिवेशन आह्वान
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।
पौडेलले सरकारको सिफारिसमा माघ २२ गते दिनको ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको आह्वान गरेका हुन्।
‘राष्ट्रपपति रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८० / १० / ९ को सिफारिसमा सम्वत् २०८० साल माघ २२ गते सोमबारका दिन १६ ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संसदको दुवै सदनको आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।