post-slider post-slider

कोपा अमेरिका : पाराग्वेमाथि ब्राजिलको सानदार जित

Image
A A

काठमाडौं- कोपा अमेरिका २०२४ को ग्रुप डि अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पराजित गरेको छ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोलले पराजित गरेको हो।

ब्राजिललाई जिताउन भिनिसियस जुनियरले २, साभियो र लुकास पाक्वेटाले १-१ गोल गरे।

पाराग्वेका लागि १ गोल ओमार अल्डेरेटेले गरेका थिए। ब्राजिलले सुरुवाती अग्रता खेलको ३५ मिनेटमा लिएको थियो।

लुकास पाक्वेटाको पासमा भिनिसियस जुनियरले गोल गरेर अग्रता दिलाएका थिए। ४३ मिनेटमा साभियोले अर्को गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरेका थिए।

पहिलो हाफको ३१ मिनेटमा पेनाल्टी पाउँदा ब्राजिलका लुकास पाक्वेटा चुकेका थिए।

दोस्रो हाफको ४८ मिनेटमा पाराग्वेका ओमारले गोल फर्काएका थिए। ६५ मिनेटमा पेनाल्टी पाउँदा ब्राजिलका पाक्वेटाले अर्को गोल थपेका थिए।

८१ मिनेटमा पाराग्वेका आन्द्रेज कुबास रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। यो जितसँगै ब्राजिल ४ अंक साथ समूहको दोस्रो स्थानमा छ। पाराग्वे लगातार दुई खेल हार्दै समूहबाट बाहिरिएको छ।

समूहको शीर्षस्थानमा कोलम्बिया छ। अब अर्को खेल कोलम्बिया र ब्राजिलबीच हुने छ।

लगातार दुई खेल जितेको कोलम्बियाले शनिबार नै कोस्टारिकालाई ३-० गोलले हराएको थियो।

कोलम्बियाका लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कोर्डोबाले गोल गरेका थिए।

Tags: