post-slider post-slider

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रचण्डको तयारी

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको र सम्भवतः आजै शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकिएको छ। २५ सदस्यीय मन्त्रिपरिषदमा जनमतलाई सहकारमा सहभागी बनाउँदा वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्नेछ।

माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी ‘प्रचण्ड’को छ। जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको नाम ‘हिट लिष्ट’मा छ।

Tags: