post-slider post-slider

संसदका महासचिव गौतमको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन्।

राष्ट्रपति पौडेलले बुधबार उनको राजीनामा स्वीकृत गरेका हुन्। गौतमले गत २४ गते पदबाट राजीनामा दिएका थिए।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले महासचिव गौतमको राजीनामा बुधबार स्वीकृत भएको जानकारी दिएकी छन्।

गौतमले राजीनामा दिएलत्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरेका थिए।

राजीनामा स्वीकृत नहुँदै नयाँ सिफारिस भएपछि राष्ट्रपति पौडेलले यो सिफारिसलाई अध्ययन गर्ने भन्दै राखेका छन्।

सिफारिस प्रक्रिया नमिलेको भन्दै राष्ट्रपति पौडेलले नयाँ नियुक्ति नगरेपछि सभामुख घिमिरेले सचिव पाण्डेलाई बुधबार कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन्।

 

Tags: