post-slider post-slider

राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ। आजको बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरूले अस्वीकार गरेका थिए।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन्।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक आइतबार १: १५ बजेसम्मका लागि स्थगित गरेका छन्।

Tags: