post-slider post-slider

सर्लाहीमा स्कारपियो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

Image
A A

काठमाडौं, फागुन १५- सर्लाहीस्थित पूर्व-पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका-३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ।

राति साढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका- ६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतो छन्।

सर्लाही प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारूका अनुसार दुर्घटनामा घाइते दुबैको प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा मृत्यु भएको हो।

मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बिआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल जुधेको डिएसपी थारूले बताए।

दुर्घटनालगत्तै प्रहरीले स्कारपियो नियन्त्रणमा लिएको छ तर  चालक भने फरार भएका छन्।

मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तीब्र गतिमा सवारी चलाउने गरेको कारण दैनिकजसो सवारी दुर्घटना भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

 

Tags: