post-slider post-slider

नेपाल प्रहरीका १६ जना एसएसपीको सरूवा, को कहाँ पुगे?

Image
A A

काठमाडौं, माघ २७ - नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको काज सरूवा भएको छ।

गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास कर्मचारी प्रशासन महाशाखाले १६ एसएसपीको शुक्रबार सरूवा गरेको हो।

सरूवा अनुसार ओमबहादुर रानाको मानव बेचबिखन कार्यालय काठमाडौंमा सरूवा भएको छ।

त्यहाँ कार्यरत् जीवनकुमार श्रेष्ठ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसाहपथ पुगेका छन्।

अरूण पौडेलको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा सरूवा भएको छ।

ईश्वर कार्कीको मधेस प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखामा सरूवा भएको छ।

कृष्णबहादुर पल्ली मथरको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, गणेश चन्दको प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अन्वेषण महाशाखा,गोपालचन्द्र भट्टराईको मधेस प्रहरी तालिम केन्द्र धनुषा, प्रवीण पोखरेलको बागमती तालिम केन्द्र दुधौली, रमेशकुमार बस्नेतको लुम्बिनी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा दाङमा सरूवा भएको छ।

शेखर खनाल यसअघि नै ललितपुर परिसर पुगेका थिए। 

सिद्धिविक्रम शाहको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन, सुशीलसिंह राठौरको नेपाल प्रहरी अस्पतालमा सरूवा भएको छ।  राजेन्द्रप्रसाद भट्टाको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, मकुन्द मरासिनीको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा सरूवा भएको छ।

दीप शमशेर जबराको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा भएको छ।

यस्तै, कृष्णहरि शर्मा पोखरेलको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सरूवा भएको छ।

Tags: