post-slider post-slider

भुटानी शरणार्थी प्रकरण : थुनछेक आदेशविरूद्ध आरोपीहरू उच्च अदालतमा

Image
A A

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरूले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पुर्पक्षका लागि हिरासतमा राख्न दिएको आदेशविरूद्ध उनीहरूले उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।

न्यायाधीश न्यौपानेको इजलासले असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये दुई जनालाई धरौटीमा रिहा गर्न १६ जनालाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको थियो।

जिल्ला अदालतको आदेश बेरितको रहेको दाबीसहित निवेदकले यो आदेश खारेज गरी धरौटीमा रिहा गर्न माग गरेका छन्।

मुद्दामा प्रतिवादी रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतलाई केन्द्रीय कारागारमा पठाइएको थियो।

प्रतिवादीमध्येका हालसम्म पूर्वसांसद आङ्टावा शेर्पा, खाँणका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरीको तर्फबाट जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै निवेदन परेको छ।

 

 

Tags: