post-slider post-slider

कर्णाली सरकारलाई बागमती सरकारको साढे १ करोड सहयोग

Image
A A

काठमाडौं- जाजरकोट भूकम्पपीडितको राहत, उद्धार र पुर्ननिर्मणका लागि बागमती प्रदेस सरकारले कर्णालाी सरकारमार्फत १ करोड ५० लाख सहयोग गर्ने भएको छ।

शनिबार बसेको बागमती प्रदेस सरकारको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

बागमतीका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले भूकम्पपीडितको राहत, उद्धार र पुर्ननिर्माणका लागि कर्णाली सरकारलाई १ करोड ५० लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिए।

बागमती सरकारले नागरिक समाज, विभिन्न गैरसकारी संस्थालगायतलाई विपदको घडीमा सहयोगमा जुट्न पनि आग्रह गरेको छ।

गएराति जाजरकोट केन्द्र बनाएर शक्तिशाली भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा हालसम्म १३३ जनाको मृत्यु भएको छ भने सैयौ घाइते भएका छन्।

 

Tags: