post-slider post-slider

जाडो लागेपछि किन खोजिन्छ भोड्का?

Image
A A

काठमाडौं- जाडो मौसम सुरू भएपछि धेरै मानिसहरू आफूलाई न्यानो राख्न र साँझलाई उत्साहमय बनाउन विभिन्न पेय पदार्थहरू खान्छन्।

तातो चकलेट, म्यूल्ड वाइन र मसालेदार साइडरलगायतका पेय पदार्थ उनीहरूको रूचीमा पर्ने गरेका छन्।

तर, अर्को पनि विकल्प छ। जसले चिसो मैसममा ज्यानमा जोस थप्न सहयोग पुर्‍याउँछ। त्यो हो–भोड्का।

जाडो महिनाका लागि भोड्का किन उपयुक्त?

शरीरलाई न्यानो राख्ने गुण

मध्यम मात्रामा भोड्काको सेवनले शरीरलाई न्यानो राख्न मद्त गर्दछ। यसले चिसो रातहरूमा विशेष गरी आरामदायी बनाउँछ। यसको उच्च अल्कोहल सामग्रीले रक्त बाहिकाहरू फैलाउन मद्त गर्दछ।

यसले रक्त प्रवाह बढाउँछ र भित्रबाट न्यानोपन महसुस गराउँछ। न्यानोपनको यो अनुभूतिले बाहिरको तापक्रम चिसो हुँदा पनि थप सहज महसुस गराउनसक्छ।

ककटेलमा बहुमुखी प्रतिभा

भोड्काको तटस्थ स्वादका कारण यसलाई विभिन्न खाले ककटेलका रूपमा प्रयोग गर्न सकिन्छ।  जसमध्ये धेरैजसो जाडो यामका लागि उपयुक्त हुन्छन्।

तनाव र चन्तिा कम गर्छ

दैनिक जीवनका निरन्तर चुनौति, चिसो मौसमलगायतका चिजले तनाव र चिन्ता बढाउनसक्छ। र, यस्ता चुनौति तथा तनावलाई भोड्काको प्रयोगले कम गर्न मदद् गर्दछ। भोड्काको साथ तातो ककटेलले चिसो दिनमा आराम गर्न उत्तम तरिका हुनसक्छ।

पाचनमा सहयोगी

भोड्कालाई परम्परागत रूपमा पाचन सहयोगीका रूपमा प्रयोग गरिन्छ। बिदाको मौसममा भारी खाना खाँदा पाचनका लागि भोड्काले मदत पु¥याउँछ। खानापछि भोड्काको सानो गिलासले पाचनलाई सजिलो बनाउँछ।

कम क्यालोरी

क्यालोरीलाई सन्तुनलनमा राख्न चाहनेहरूका लागि पनि भोड्का उपयोगी पेय पदार्थ हो। अन्य मादक पेय पदार्थको तुलनामा भोड्कामा कम क्यालोरी हुन्छ। त्यसैले शरीरमा क्यालोरीतर्फ विशेष ध्यान राख्नेहरूका लागि भोड्का उत्तम पेय पदार्थ हो।

यद्यपि कुनै पनि अल्कोहलयुक्त पेय पदार्थ सेवन गर्दा त्यसको मात्रा, समय र स्वास्थ्यलाई ध्यान दिन जरूरी हुन्छ। 

 

Tags: