post-slider post-slider

एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री लजास्पद विषय हो : रवीन्द्र मिश्र

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले एउटै व्यक्ति पाँचसम्म पटक प्रधानमन्त्री बन्नु लज्जाको विषय भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले  पाँचचोटी प्रधानमन्त्री हुनु गौरवको कुरा नभई लजास्पद कुरा भएको तर्क गरेका हुन्। 

‘देशको आर्थिक अवस्था न्यून छ। नेताहरू पटक-पटक प्रधानमन्त्री बन्न तयार भएर बसेका छन्,' उनले भने।

पाँचपटक प्रधानमन्त्री हुनु गौरवको कुरा नभई लजाको कुरा भएको उनको टिप्पणी छ। 

धेरैपटक प्रधानमन्त्री हुनुभन्दा आफ्नो नेतृत्वमा के काम भयो भन्ने कुरा महत्वपूर्ण भएको उनको भनाइ छ । 

 

 

Tags: